सिरहामा डा. सीके राउतको भाषण सुन्न उर्लिए जनता


टुडेखोज, लहान । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतको भाषण सुन्न शनिवार सिरहाको कल्याणपुरमा जनता उर्लिएका छन् ।

जनमत पार्टीका कल्याणपुर नगरसभाको उद्घाटन गर्न अध्यक्ष डा. राउत त्यहां पुगेका थिए । उक्त कार्यक्रममा जनमत पार्टी बाहेक अन्य दलका हजारौं कार्यकर्ता समेत डा. राउतको भाषण सुन्न पुगेपछि व्यबस्थापन गर्न वयंमसेवकलाई हम्मेहम्मे परेको थियो ।

उद्घाटन शत्रलाई सम्बोधन गर्दै डा. राउतले यूवाहरुलाई सरकारले खाडी मुलुक पठाएर मानव तस्क’री गरिरहेको आरोप लगाए । उनले शिक्षा र रोजगार नपाएर खाडी मुलुकमा गई जोखिम काम गर्नुपर्ने यहांका यूवाहरुको बाध्यता नेताहरुकै कारण सृजना भएको बताए ।

उनले विगतमा कांग्रेस, एमाले, माओवादी र फोरम (अहिलेका जसपा)लाई पटक पटक जिताए पनि धोका मात्र दिएकाले अब उनीहरुमाथि विश्वास नगर्न जनतालाई सुझाव दिए । उनले अब जनता राज ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित : २०७८ कार्तिक १३, शनिबार २०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ