ओलीले फेरी भने- राम जन्मभूमि अयोध्या नेपालमै पर्छ


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्या नेपालमा पर्ने बताउँदै फैजावाद झुटो भएको दावी गरेका छन् ।

शनिबार ललितपुरमा पुस्तक विमोचन समारोहमा उपस्थित भएर मन्तव्य राख्ने क्रममा अध्यक्ष ओलीले रामको जन्मभूमि अयोध्या भारत नभई नेपालमै पर्ने ठोकुवा गरे ।प्रधानमन्त्री रहँदा राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा विवादमा तानिएका ओलीले विगत सम्झेर त्यतिबेला यस विषयमा ठूलै बबन्डर मच्चिएको पनि स्मरण गरे ।

उनले भने, ‘राम जन्मभूमि अहिले नेपालमा पर्छ, फैजावादलाई अयोध्या भनेको झुटो हो । त्यो सही कुरा होइन भन्दाखेरि कत्रो उत्पात ?’ ऋषिमुनी, रामलगायतको जन्म नेपालमा भएको भन्दा छिमेकी राष्ट्र भारतले पीर गर्ने गरेको पनि ओलीले बताए ।

प्रकाशित : २०७८ कार्तिक १३, शनिबार २०:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ