जनकपुरमा काँग्रेस बरिष्ट नेता पौडेललाई भव्य स्वागत


टुडेखोज, जनकपुरधाम । नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडललाई जनकपुरधाम विमानस्थलमा नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन काँग्रेस बरिष्ट नेता पौडेल आज साँझ जनकपुर आएका हुन् । उनलाई स्वागत गर्न पूर्वमन्त्री रामकृष्ण यादव, पूर्व साँसद मुक्ता यादव, दिनेश प्रसैला, किरण यादव र सयौंको संख्यामा कार्यकर्ता विमानस्थल पुगेका थिए ।

बरिष्ट नेता पौडेलले अर्लि इलेक्सन नहुने र वर्तमान सरकार पुरा कार्यकाल रहने बताए । विवादमा तानिएका प्रधान न्यायाधिशबारे उनले भने, ‘न्यायालयमा पार्टीको हस्तक्षेप नहोस् चाहेका छौं । तर समस्या समाधान नभए पार्टीमा आवश्यक निर्णय गरेर कदम चाल्छौं ।’

प्रकाशित : २०७८ कार्तिक १४, आईतवार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ