तत्कालिन जनकपुर नगरपालिकाका मेयर मिश्रको निधन


टुडेखोज, जनकपुरधाम । राजा महेन्द्रको पालमा तत्कालीन जनकपुर नगरपालिकाको मेयर बनेका राजदेव मिश्रको ८५ वर्षको उमेरमा निधन भएको छ ।

आज बिहान साढे ३ बजे आफ्नै निवास जनकपुरधाम उपमहानगर ४ आनन्दनगरमा निधन भएको हो । केहिदिन अघि उनलाई हृदयघात भएको थियो । उनको पार्थिव शरीरलाई आजै जनकपुरस्थित स्वर्गद्धारमा अन्येष्टि गरिने कार्यक्रम रहेको बताइएको छ ।

मिश्र इमान्दार र निष्ठाबान रहेको कुराको अहिले पनि चर्चा भइरहेको छ । उनका बारेमा पत्रकार अनिल कर्ण सामाजिक सञ्जालमा लेखेका छन् , ‘हार्दिक श्रद्धाञ्जली बाबा । अहाँक भौतिक शरीर नहिं रहल मुदा अहाँक इमान्दारी आ निष्ठाक क्षितिज सभ दिन लोकके प्रेरित करैत रहत ।’

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ