ओलीलाई छाडे धर्मेन्द्र बास्तोलाका छोरीज्वाइँ, पुन: माओवादीमै प्रवेश


काठमाडौं । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं फिल्म लेखक गणेश भण्डारी पुनः माओवादीमा फर्किएका छन् । आइतबार भण्डारी आफ्नी श्रीमति अनिमा बास्तोलासहित खुमलटारमा गएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर पुनः माओवादीतिरै लागेका हुन् ।

अनिमा नेकपा नेता धर्मेन्द वास्तोलाकी छोरी हुन् । द्वन्द्वकालदेखि प्रचण्ड निकट रहेर काम गरेका भण्डारी तत्कालीन नेकपामा संघर्ष चल्दा केपी ओली समूहतर्फ लागेका थिए । ओलीलाई भेट गरेर उनले फेसबुकमा ‘आइ लभ यू ओली बा भनेर ओलीसहितको तस्विर पोस्ट गरेका थिए

उतिबेला ओली समूहतिर लागेको भए पनि अहिले पार्टी फरक भएपछि माओवादी आन्दोलनलाई जोगाउन पुनः माओवादीमै फर्किएको भण्डारीले नेपाल प्रेसलाई बताए । ‘पार्टी एकताका सन्दर्भमा ओलीतिर लागियो, पछिल्लो समय माओवादी आन्दोलनलाई जोगाउन प्रचण्डतिर लागेको हो,’ भण्डारीले भने ।

भेटमा प्रचण्डले अब सच्चिएर माओवादीमै सक्रिय हुन अनुरोध गरेका थिए । ‘गतिशिल हुँदा कलिहेकाँही गल्ती हुन्छ। तपाईंबाट पनि त्यस्तै भयो होला । अब पहिलेको गल्ती सुधारेर सक्रिय हुनुहोस्,’ प्रचण्डको भनाए उदृत गर्दै भण्डारीले भने

माओवादीको केन्द्रीय सदस्य र सांस्कृतिक विभागमा रहेर काम गर्न प्रचण्डले आश्वासन दिएको भण्डारीले बताए । चलचित्र विकास बोर्डको अध्यक्षबारे भने कुनै लविङ आफूले नगरेको उनको भनाइ छ।

तत्कालिन माओवादीको कोटाबाट उनी बोर्डको अध्यक्ष भएका थिए । माओवादीले सुर्खेत जेल ब्रेक गर्दा पनि उनी सँगै थिए । उनले लामो समय माओवादी सांस्कृतिक विभागमा रहेर काम गरेका थिए ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १३:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ