सिरहा : औरहीका युवक दहिपौडीको धान खेतमा मृत भेटिए


टुडेखोज, लहान । सिरहामा एक युवक धानखेतमा मृत फेला परेका छन् । सुखिपुर नगरपालिका ४ दहिपौडीको नहरदेखि दक्षिण धान खेतमा युवक मृत फेला परेका हुन् ।

मृत फेला परेका युवक औरही गाउँपालिका ४ का २५ वर्षीय सचिन यादवको रहेको प्रहरीले जनाएको छ । स्थानीयले शव हेरेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले शव पोष्टमार्टमका लागि सिरहा पठाइएको छ ।

उनको मृत्यू कसरी भएको विषयमा केहि खुल्न सकेका छैन । औरहीबाट कसरी त्यहाँ पुगेको कुरा पनि नखुलेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १४:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ