प्रदेश १ का दोस्रो मुख्यमन्त्री आचार्यले दिए राजीनामा


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा मन्तव्य राख्दै उनले पदबाट राजीनामा दिएको घोषण गरे ।

प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले भदौ १० मा राजीनामा दिएका थिए । त्यसपछि प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका आचार्य एमाले विभाजन भएपछि अल्पमतमा परे । प्रदेशसभामा बहुमत जुटाउने अवस्था नरहेपछि उनी राजीनामा दिएको बुझिएको छ ।

योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच दलीय गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १४:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ