ओली जिउँदो हुँदासम्म निःस्वार्थ सहयोग गर्छु : प्रभु साह


चितवन । एमाले नेता प्रभु साहले अध्यक्ष ओली जिउँदो हुँदासम्म निःस्वार्थ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनमा एमालेको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरे ।

नेता साहले भने, ‘ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म निस्वार्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।’ महाधिवेशनमा चितवनले आफ्नो तागत प्रस्तुत गर्नुपर्ने भन्दै चितवनका नागरिकले कम्युनिष्टको भोट लिएर कांग्रेसलाई दिनेहरुलाई सजाय दिनुपर्ने बताएका छन् ।

उनले विगतको निर्वाचनमा भएको क्षतिपूर्तिसहित आगामी निर्वार्चनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी गरे । कार्यक्रममा चितवनमा २६ वर्षदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार वीरेन्द्रमणि पौडेल एमाले प्रवेश गरेका छन् ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ