प्रदेश १ मा राजेन्द्र बन्दै मुख्यमन्त्री, जसपाको पनि समर्थन


विराटनगर । प्रदेश १ को विपक्षी गठबन्धनका दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिएलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन गर्नका लागि आजै दाबी पेस गरेको हो ।

विपक्षी गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरू भर्खरै प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन् । विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको हो ।

नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेकाले हस्ताक्षर गरेकी छैन । राई सकभर भोली नै मुख्यमन्त्रीमा नियुक्त भई शपथ लिनसक्ने बताइएको छ ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार १७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ