पूर्व राज्यमन्त्री संजय साहले फेरी राहत पाए


जनकपुरधाम । जनकपुर ब’मकाण्डमा पूर्वराज्यमन्त्री संजय साह उच्च अदालत जनकपुरबाट फेरी राहत पाएका छन् । ज्यान मा’र्ने षडयन्त्र मु’द्दामा जिल्ला अदालत धनुषाले जन्मकैद फैसला सुनाएकोमा उच्च अदालत जनकपुरले सोमवार मात्र ११ वर्ष हुने फैसला सुनाएको छ ।

जन्मकै’दमा २० वर्ष सजायको व्यवस्था छ । तर उच्च अदालत जनकपुरले ९ वर्ष कम गरेर मात्र ११ बर्षको फैसला सुनाएपछि साहलाई राहत मिलेको हो । यसअघि असोज १७ मा उच्च अदालतले जनकपुर ब’मकाण्डकै अर्को ज्यान मा’र्ने मुद्दामा साहलाई ७ वर्ष कैद सजाय सुनाएको थियो । सो मु’द्दामा जिल्ला अदालतले १२ वर्षको सजाय सुनाएको थियो ।

२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी ब’म विस्फो’ट गराइएको थियो । जसमा परी ५ जनाको मृत्यु भएको थियो ।

सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मा’र्ने उद्योग र ज्यान मा’र्ने षड्यन्त्र गरी दुई वटा मु’द्दा चलाइएको थियो । साह हाल काठमाडौंको नक्खु कारागारमा कै’द भुक्तान गरिरहेका छन् ।

प्रकाशित : २०७८ कार्तिक १५, सोमबार २०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ