महोत्तरी : ढोकामा टाउँको च्यापिएर ९ वर्षीय बालकको मृत्यू


टुडेखोज, जनकपुरधाम । ढोकामा च्यापिएर एक बालकको मृत्यू भएको छ । मटिहानी नगरपालिका १ धिरापुरका प्रवोध साहका ९ वर्षीय छोरा आयुष कुमार साहको मृत्यू भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार आमाले घर सरसफाई गरिरहेकी थिइन् । सोही क्रममा ढोकाको पालामा बालकको घाँटी अड्किएर घाईते भएका थिए ।

घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वलर लग्ने क्रममा बाटोमा मृत्यु भएको हो । मृतक बालकको पोष्टमार्टमपछि आजै अन्तिम संस्कार गरिएको स्थानीयले टुडेखोजलाई जानकारी दिए ।

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार १८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ