प्रदेश २ को नाम ‘मधेस’ राखोस्, लोसपा समर्थन गर्छ : पूर्वमन्त्री अरगरिया


टुडेखोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले प्रदेश २ को नामाकरण हालसम्म नभएकोमा दुःख व्यक्त गरेका छन् ।

धनुषाको औरही गाउँपालिका ३ कपटौलमा वडा स्तरिय दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेता अरगरियो उपेन्द्र यादवले प्रदेशबासीलाई २ नम्बरीको ट्याग भिडाएको आरोप लगाए । उनले प्रदेशको नामाकरण छिट्टा गर्न सुझाउदै मधेस प्रदेश नाम राख्दा प्रतिपक्षमा भएपनि लोसपा समर्थन गर्ने बताए ।

उनले भने, ‘प्रदेश २ सरकारलाई अहिले चार दलको समर्थन छ । तर पनि नामाकरण किन भइरहेको छैन ? यसले नै उपेन्द्र यादव असफल भएको स्पष्ट छ ।’ उपेन्द्र यादव मधेसको नाम भजाएर खाइरहेको आरोप लगाउँदै १८ महिना स्वास्थ्यमन्त्री बन्दा डुमरियामा सुविधा सम्पन्न बनेको भवनमा अस्पताल सञ्चालन गराउन नसकेको बताए ।

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद अरगरियाले मधेसबाट समानुपातिक भोट लगेर पहाडमा उपेन्द्र यादवले बेचेको आरोप समेत लगाए । उनले जसपा पहाडीको पार्टी भइसकेको र अब लोसपा मात्र मधेस र मधेसीको एकमात्र पार्टी रहेको बताए ।

लोसपाका वडाध्यक्ष जगदीश मण्डलको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा राजपाका प्रत्यासी मेयर चन्दु मण्डल, निर्वाचित वडाध्यक्ष अमित यादव लगायतका हजारौं नेता कार्यकर्ता सहभागी थिए ।

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार १९:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ