पत्रकार यादवले मुसहर बालबालिकासँग मनाए आफ्नो जन्मदिन


टुडेखोज, राजविराज । आफ्नो जन्मदिनको अवसर पारेर सप्तरीका पत्रकार सौरभ यादवले दलित वस्तीमा पुगेर शैक्षिक सामग्रीहरु वितरण गरेका छन् ।

एपि वान टेलिभिजन सप्तरीका संवाददाता यादवले जन्मदिको अवसर पारेर मुसहर वस्तीका २ दर्जन बढी बालबालिकाहरुलाई उक्त सामग्रहरु वितरण गरेका छन् । ‘मधेशलाइभ डट कमका समाचार संयोजक समेत रहेका उनी जिल्लाको विष्णुपुर गाउँपालिका ६ गोरगामा स्थित शैक्षिक साम्रगीहरु वितरण गर्दै’ भने, ‘जन्मदिनका अवसरमा मान्छेले धेरै रुपैयाँ खर्चिन्छन तर, शिक्षा क्षेत्रमा पछाडि परेका दलित समुदायलाई सामग्रीहरु वितरण गर्ने अवसर पाउदा आफुलाई खुशी अनुभुति भईरहेको छ ।’

‘वस्तीका बालबालिकाहरुले सामग्री पाउदा मुस्कुराउदै’ स्थानिय एक अभिभावकले भने, ‘नियमित विद्यालय पठाउनेछु ।’ यस्ता कार्य प्रसंसनीय रहेको भन्दै धन्यवाद दिदै उनी प्रसंशा समते गरेका थिए ।

प्रकाशित : २०७८ कार्तिक १६, मंगलवार २०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ