काठमाडौंमा सप्तरीका अजयको सुन, मोवाइल र रुपैयाँ लुटियो, २ जना पक्राउ


काठमाडौं । विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको सुन र मोवाइल लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट घर भएका ३० वर्षीय मिलन काप्री र दाङको घोराही उपमहानगरपालिका ११ घर भएका २५ वर्षीय युवराज कुँवर छन् ।

गएको कात्तिक ११ गते सप्तरीको सुरुङ्गा नगरपालिका ७ बस्ने ३५ वर्षीय अजय कुमार चौधरीको सुन र मोवाइल लुटपाट आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कतारबाट फर्केका चौधरीलाई मध्यराति ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ जाँदै गर्दा लुटपाट गरेका थिए ।

चौधरी चढेको बा. २ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआईडी हौं’ भन्दै रोकेर आरोपीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोवाइल र ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका थिए । लुटमा संलग्नहरूले बागमती प्रदेश–०२–०१५ प ७४६८ नम्बरको मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।

आरोपीहरुको साथबाट लुटमा प्रयोग भएको सो मोटरसाइकल महानगरीय प्रहरी वृत गौशालाको टोलीले बरामद गरेको छ । पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको र अन्य फरारहरुको खोजविन भइरहेको एसपी सिंहले बताए ।

प्रकाशित : २०७८ कार्तिक १७, बुधबार १३:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ