प्रदेश २ : गाँजाको पोका बोकेका यि तीन युवक पक्राउ


जनकपुरधाम । बाराबाट प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने २३ वर्षीय सुमन रुम्बा, २० वर्षीय बिजय थिङ र १९ वर्षीय अखिल मोक्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित टेढा रोडबाट पक्राउ गरेको छ । उनीहरुको झोला चेकजाँच गर्दा गाँजा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरु बोकेका ४ पोकामा १२ किलो गाँजा रहेको थियो । गाँजा सहित प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको छ । प्रदेश २ मा गाँजाको कारोबार बढेको छ ।

प्रकाशित : २०७८ कार्तिक १७, बुधबार १९:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ