एमालेको सर्लाही अध्यक्षमा साह चयन


सर्लाही । नेकपा एमालेको २ नम्बर प्रदेश कमिटीले लामो समयदेखि रोकिएको सर्लाही जिल्ला कमिटी गठनलाई पूर्णता दिएको छ ।

प्रदेश कमिटीको पदाधिकारी बैठकले जिल्ला कमिटीलाई पूर्णता दिएको अध्यक्ष ज्वाला कुमारी शाहले बताएकी छन् । कमिटीको अध्यक्षमा राजनारायण शाह छन् भने उपाध्यक्ष कल्पना कटुवाल, सचिव केदार खत्री र उपसचिव विदुर प्याकुरेल रहेका छन् ।

१७३ सदस्यीय जिल्ला कमिटी गठनप्रति कतिपय नेता कार्यकर्ताले अशन्तुष्टी सार्वजनिक गरेका छन् । विवादकै कारण प्रदेश २ का अधिकांश जिल्लामा अहिलेसम्म जिल्ला कमिटी गठन भएको छैन् ।

प्रकाशित : २०७८ कार्तिक २०, शनिबार ११:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ