सप्तरीमा प्रहरीकै मोटरसाइकल चोरी


सप्तरी । सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । बोदेबर्साइन नगरपालिका ८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो । बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए ।

मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे ।

उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए । तर अहिलेसम्म मोटरसाइकल फेला परेको छैन् । पछिल्लो समय मोटरसाइकल चोरीको घटना बढेको छ ।

प्रकाशित : २०७८ कार्तिक २०, शनिबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ