वरिष्ठ नेता पाैडेलद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घाेषणा


काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । उनले नेपाली कांग्रेसलाई पहिलेको जस्तै पहिलो शक्ति बनाउन आफूले उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

उनले अहिलेको नेतृत्वका कारण नेपाली कांग्रेस कमजोर बन्दै गएकाले पनि आगामी महाधिवेशनपछि पार्टीलाई प्रभावकारी बनाउन आम कार्यकर्ताले आफूलाई सभापति पदमा जिम्मेबारी लिन आग्रह गरेपछि उम्मेदवारी दिने निर्णय गरेकाे दाबी गरे ।

पार्टीलाई नयाँ जीवन दिन सभापति देउवाले आफूलाई समर्थन गर्ने बिश्वास रहेको भन्दै यदि त्यस्तो भएन भने पार्टीका लागि मात्र होइन देशकै लागि दुर्भाग्य हुनसक्ने उनकाे भनाइ छ ।

गठबन्धनका विषयकाे प्रश्नमा वरिष्ठ नेता पौडेलले आगमी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्ने तर निर्वाचनमा केही स्थानमा सहकार्य गरेपनि अधिकांश स्थानमा काग्रेस एक्लै चुनावमा जानुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित : २०७८ कार्तिक २१, आईतवार ०६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ