नेपालमा बस दुर्घटना : ८ जनाको मृत्यू, कैयौं घाइते


टुडेखोज, काठमाडौं । सल्यानको कपुरकोटको खारखोला नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस आज बिहान ११ बजे दुर्घटनामा परेको हो । दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको हो ।

घाइतेहरुको उद्धार गरेर अस्पताल लैजाँदै गरेको अवस्थामा बाँकी तीन जनाको मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइतेहरु पनि बढी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइतेहरुको उद्धार जारी रहेको छ । बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक २१, आईतवार १४:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ