नेपालमा बस दुर्घटनाः मृत्यू हुनेको संख्या १२ पुग्यो


दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुने १२ मध्ये आठ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका १२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा २ कि ६१ वर्षीया मिना डाँगी, शारदा ३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी १ काभ्रा कि २४ वर्षीया मिना शाही, दाङ बबई गाउँपालिका ४ बस्ने ६० वर्षीया डुली रेउले, बबई ६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी २ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ । बाँकी चार जनाको सनाखत हुन सकेको छैन ।

आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो ।

प्रकाशित : २०७८ कार्तिक २१, आईतवार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ