जनकपुर : छोरा नजन्माएको भन्दै श्रीमानबाटै श्रीमतीको ह-त्या


टुडेखोज, जनकपुरधाम । बझिनिया भन्दै धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले श्रीमतीको ह-त्या गरेको घटना सार्वजनिक भएको छ ।

छोरा जन्ममाउन नसकेको भन्दै सबैला नगरपालिका ३ बस्ने ३५ वर्षिय लालबाबु साफीले ३० वर्षिया श्रीमती अजमेरी खातुनको ह-त्या गरेको पीडित परिवारले आरोप लगाएको छ । करिव १३ वर्ष प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका वहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले मानसिक तनाव दिदै आएको खातुनको बुबा मो. आलमले बताए ।

कार्तिक ८ गते राती रक्सी खाएर साफीले घरमा सुतिरहेका छोरीको ह-त्या गरेको उनको आरोप छ । मृतकको शरिरभरि ढाम देखिएको र घाँटीमा समेत डाम देखिएको उनको भनाई छ । किटानी जाहेरी दिएपनि प्रहरीले आरोपीलाई कारबाही गर्न तदारुकता नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाईन् ।

यता, ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए । घटनामा संलग्न अन्य आरोपीको खोजबिन गरिरहेको बताए ।

प्रहरी निरीक्षक सिग्देलले भने, ‘चाडपर्वको कारण घटनाको अनुसन्धान केहि प्रभावित हुन पुगेको छ । अब अनुसन्धान अगाडी बढ्छ ।’

प्रकाशित : २०७८ कार्तिक २३, मंगलवार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ