सरकारले तीन प्रदेश प्रमुख परिवर्तन गर्यो


काठमाडौं । सरकारले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरु परिवर्तन गरेको छ ।मन्त्रिपरिषद् बैठकले सोमबार यी तीन प्रदेशमा प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको छ । प्रदेश १ का खापुङ नेकपा माओ‌वादीका नेता तथा पूर्वसभासद् हुन् ।

त्यस्तै कर्णाली प्रदेशका परियार पनि माओवादी तर्फबाट प्रमुखमा सिफारिस भएका हुन् । त्यस्तै सुदूरपश्चिम प्रदेशका लागि सिफारिस भएका जोशी कांग्रेस नेता तथा पूर्वसभासद् हुन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् ।

उनीहरुको नाम सिफारिससहित राष्ट्रपति कार्यालयमा पठाइसकिएको बुझिएको छ । प्रदेश प्रमुखको नियुक्ति राष्ट्रपति कार्यालयबाट हुने व्यवस्था छ ।

प्रकाशित : २०७८ कार्तिक २३, मंगलवार १५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ