मधेशको मिसनलाई कमिसनमा बदलियो : नेता अरगरिया


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता उमाशंकर अरगरियाले मधेशको मिसनलाई कमिसनमा बदलिएको बताएका छन् ।

लोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए । ‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले भने, ‘मिसनलाई कमिसनसँग साट्ने नेता उहीं हुन् ।’

मिसनलाई कमिसनमा बदलेर मधेशको भोंट पहाडमा बेच्ने नेता पनि उहीं रहेको अरगरियाले बताए । मधेशको नाममा राजनीति गरेपनि उपेन्द्रले आफ्नो स्वार्थ मात्रै सिद्धी गरिरहेका कारण अबको चुनावमा उनको पार्टीको यस क्षेत्रमा जमानत जफ्त हुने अरगरियाले बताए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका उनले मधेशको असली नेता महन्थ ठाकुर नै रहेको पनि बताएका छन् ।

प्रकाशित : २०७८ कार्तिक २३, मंगलवार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ