युवक ह-त्या प्रकरणः पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ५ जना पक्राउ


कैलाली । कैलालीमा एक युवकको ह-त्या भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । लम्कीचुहा नगरपालिका १ का भुपेन्द्र बडुवालको ह-त्याको बिरोधमा स्थानीयले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको हो ।

मंगलवार राती पुरानो रिसिइबीका कारण बडुवालको ह-त्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । यसैबीच चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

घटनामा संलग्न आर्यन देवकोटासहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनका अनुसार अन्यको खोजी भइरहेको छ ।

प्रकाशित : २०७८ कार्तिक २४, बुधबार ११:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ