जनकपुरधाममा एक युवकको लास फेला, एकजना पक्राउ


जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ मा एक युवकको शंकाष्पद मृत्यु भएको अवस्थामा लास भेटेको छ । वडा स्थित एक टिपरमा कामदारको रुपमा कार्यरत लक्ष्मीनियाँ गाँउपालिका सपही निकालका १८ वर्षिय राजु यादवको शंकाष्पद मुत्यु भएको छ ।

टिपरका साहु तथा चालक उनको करेन्ट लागेर मृत्यु भएको दावी गरिरहेका छन् भने मृत्कका दाजु झगरु यादवले भाईको हत्या टिपरले किचेर भएको दावी गरिरहेका छन् । घटनास्थल पुगेको धनुषा प्रहरीले घटनामा शंकाष्पद भन्दै ना १८ ख १२७५ नम्वरको टिपर चालक नागेन्द्र यादवलाई पक्राउ गरिसकेको छ भने टिपर चालक दिलिप यादव सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।

करिव साता अगाडि मात्र टिपरमा लेवरको रुपमा काम थालेका राजुको मृत्युमा टिपर चालक र साहुका साथै सोहि वडामा टिपरले माटो भरिरहेको जग्गा धनी र संगै रहेको लिटिल च्याम्पस स्कुलका स्टाफहरुको समेत सहभागिता रहेको मृत्कका दाजु झगरुको भनाई छ । धनुषा प्रह्रीले टिपर चालक पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७८ कार्तिक २४, बुधबार १६:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ