दमन जारी छ, अब महाआन्दोलनको पालो : डा. सीके राउत


आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ महापर्व सम्पन्न भएको छ । तर आमनागरिकको जीवनमा सूर्योदय भएको छैन । राज्यको दमन जारी छ ।

मधेश करौडौं बत्ती बालेर झिलीमिली गर्दै धूमधामसँग छठ मनाइराख्दा मधेशका १७ सपूतहरू नेपाल प्रहरीको हिरासतमा यातना भोगिरहेका थिए । म आफैं २०७१ सालमा पहिलो पल्ट गिरफ्तार हुँदा दशैं, तिहार र छठ सबै हिरासत/जेल भित्रै बितेको थियो ।

अन्तिम पटक रौतहट हिरासतमा रहँदा त झन् पीडादायक थियो – प्रहरीले हामी पाँच जनालाई त्यही छठको घाट हुँदै सरकारी वकीलको कार्यालय लैजान्थे, हामी छट्पटिरहन्थ्यौं ।

त्यो छट्पटी, त्यो यातना, त्यो विभेद अझै रोकिएको छैन । त्यसैले छठ महापर्व पछि मधेशमा महाआन्दोलनको पालो आएको छ। अन्धकाररूपी राज्यसत्ताका दमनकारी संयन्त्रहरू फालेर जनताको जीवनमा सूर्योदय ल्याउने बेला आएको छ ।
– डा. सीके राउत

प्रकाशित : २०७८ कार्तिक २५, बिहीबार १९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ