प्रचण्ड अस्पताल भर्ना


काठमाडौं । ब्लड प्रेसर बढेर शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक दिनका लागि अस्पतालमै रहने भएका छन् ।

डोल्पा भ्रमणबाट फर्किएपछि अचानक रक्तचाप बढेकाले उनलाई शुक्रबारदेखि निगरानीमा राखिएको थियो । शनिबार बिहान करेलाको झोल खाएपछि उनको रक्तचाप असन्तुलित बनेकाले उनलाई दिउँसो मेडिसिटी अस्पताल पुर्‍याइएको थियो ।

प्रचण्डको सचिवालयकाअनुसार अस्पतालमा चिकित्सकहरूले उनको रक्तचाप नियन्त्रणमा लिए पनि निगरानीका लागि एक रात अस्पतालमै राखिने निर्णय लिइएको हो ।

प्रकाशित : २०७८ कार्तिक २७, शनिबार १९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ