जनकपुरमा प्रचण्डले भने- न्यायालयको विवाद एक–दुई दिनभित्रै अन्त्य हुन्छ


जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले न्यायलयको समस्या एक–दुई दिनभित्रै अन्त्य विश्वास व्यक्त गरेका छन् ।

महोत्तरीको रामगोपालपुरमा आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न जाने क्रममा जनकपुरधाम आइपुगेका प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले न्यायालयको समस्या छिटोभन्दा छिटो अन्त्य गर्न गठबन्धनमा पनि छलफल भएको र सबैले आ–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

‘हामी पहल गरिरहेका छौं’, उनले भने, आशा गरौं, विवाद न्यायालयभित्रै सुल्झिन्छ ।’ न्यायालयभित्रै विवाद नमिले मात्र राजनीतिक हल गर्ने उनको भनाइ थियो ।

प्रकाशित : २०७८ मंसिर १, बुधबार १२:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ