धनुषामा मेला गइरहेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यू, १८ घाइते


सिबेन्द्र रोहिता, जनकपुरधाम । धनुषामा ट्याक्टर दुर्घटना भएको छ । विहिबार साँझ विदेह नगरपाकिलास्थित ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

धनुषा र सिरहाको सिमामा पर्ने कमला खोलाको भुत मेला हेर्न तथा स्नान गर्न जाँदै गरेको अनटेस्ट ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी भारत सितामढी बेला थाना एकरहियाका अम्बिका मण्डल र दामदयाल राय यादवको उपचारको क्रममा ज्यान भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहिको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर २, बिहीबार १८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ