धनुषामा काँग्रेसको पालिका र प्रदेशसभा क्षेत्रीय महाधिवेशन भोली


टुडेखोज, जनकपुरधाम । धनुषामा नेपाली काँग्रेसको पालिका र प्रदेशसभा क्षेत्रीय महाधिवेशन भोली आईतवार हुने भएको छ ।

मंसिर ४ र ६ गतेका लागि तोकिएको काँग्रेस धनुषाको पालिका र प्रदेशसभा क्षेत्रीय महाधिवेशन मंसिर ३ मा निर्वाचन समितिले स्थगित गरेको थियो । तर आज जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले सूचना निकालेर पालिका र प्रदेशसभा क्षेत्रीय महाधिवेशन भोली गर्ने निर्णय भएको जनाएका छन् ।

तीनदिन अगाडी काँग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव अधिवेशन गराउन आफ्नै गाउँ जाँदा उपसभापति विमलेन्द्र निधिको समर्थकबाट कुटिएका थिए । त्यस कारणले पनि पालिका र प्रदेशसभा क्षेत्रीय महाधिवेशन स्थगित गरिएको थियो– स्रोतको दावी छ ।

उपसभापति निधीले शुक्रवार मधेस भवनमै पुगेर मन्त्री यादवसँग छलफल गरे । छलफलमा मिलेर जाने सहमती भएपछि पालिका र प्रदेशसभा क्षेत्रीय महाधिवेशन भोली गर्ने सहमती बनेको बुझिएको छ ।

प्रकाशित : २०७८ मंसिर ४, शनिबार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ