सिरहामा ७ विघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरे


जयनाथ यादव, जनकपुरधाम । सिरहाको विभिन्न स्थानमा लुकाएर गरिएको गाँजा खेती प्रहरीले नष्ट पारेको छ । शनिवार मात्रै करिब ७ विघाको गाँजा फडानी गरेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत प्रहरी ईकाइहरुबाट खटेको टोलीले मिर्चैया नगरपालिका ९, गोलबजार नगरपालिका ७, ८, ९ र १० र धनगढी नगरपालिका १२ मा गाँजा खेती फडानी गरेको छ । करिब ७ विघा खेतको २६ हजार ४ सय बोट गाँजा नष्ट पारिएको दावी प्रहरीको छ ।

सिरहाको उत्तरवर्ती गाउँहरुमा लुकेर किसानहरुले गाँजा लगाउँछन् । तर प्रहरीले सुराकीको आधारमा वर्षेनी गाँजाको बोट नष्ट पार्दै आएको छ । तर गाँजा खेती गर्नेहरुमाथि प्रहरीले कारबाही गर्ने गरेका छैन ।

प्रकाशित : २०७८ मंसिर ४, शनिबार २०:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ