पूर्व राज्यमन्त्री यादव एमाले त्यागे, यस्तो छ कारण


बुटवल । नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोट हुन नपाएपछि एमाले नेता एवं पूर्व कृषिराज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले प्रदेश कमिटी सदस्य र रुपन्देही ४ को सहइन्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शनिबार मर्चवारमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला अध्यक्ष शिवराज सुवेदीले व्यक्तिगत रीसइबीका कारण महाधिवेशन प्रतिनिधि हुन रोकेकाले असन्तुष्टि जनाउँदै पार्टीका सबै पदबाट राजीनामा दिएको बताए ।

महाधिवेशन प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्नसमेत उनले नेतृत्वसमक्ष आग्रह गरेका छन् । ‘महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी भयो । मधेशी र मर्चवारको विकासका लागि बोलेकै आधारमा मलाई प्रतिनिधि बनाइएन,’ उनले भने ।

पार्टी सदस्यका रुपमा रहेर घटनाको निष्पक्ष छानबिनका लागि आफ्ना पद र जिम्मेबारीबाट राजीनामा दिएको उनको भनाई छ । नेकपा एमालेमा धेरै जिल्लामा विवाद देखिएको छ । विवादकै कारण शनिवार धनुषामा पूर्वमन्त्री रघुविर महासेठविरुद्ध प्रदर्शन समेत गरिएको छ ।

प्रकाशित : २०७८ मंसिर ४, शनिबार २०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ