इन्सपेक्टर यादवसहित १२ जना डिएसपीमा बढुवा


टुडेखोज, जनकपुरधाम । नेपाल प्रहरीका इन्सपेक्टर विजय यादव डिएसपीमा बढुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत इन्सपेक्टर यादव डिएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

इन्सपेक्टर यादव इमान्दार तथा स्वच्छ छविका मानिन्छ । उनी अहिलेसम्म कुनै विवादमा मुछिएका छैन । उनी अहिले धनुषा प्रहरीको अपराध अनुसन्धान समूहमा छन् । प्रहरी प्रधान कार्यालयले निकालेको बढुवा सूचीको तीन नम्बरमै उनको नाम छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अन्य १२ जना इन्सपेक्टर पनि डिएसपीमा बढुवाका लागि सिफारिस भएका हुन् । एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएको बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलले बताए ।

यस्तै जेसी साह (केन्द्रीय विपद् व्यवस्थापन), केशवकुमार शाह (विशेष ब्यूरो), मनोजकुमार शाही (ट्राफिक तनहुँ), लोकबहादुर गुरुङ (ललितपुर परिसर), नवीनकुमार अधिकारी (सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय), श्यामबहादुर साउद (सुप प्रदेश प्रहरी कार्यालय), ऐनबहादुर मल्ल ठकुरी (अपराध अनुसन्धान विभाग), राजकुमार शाही (बालाजु वृत्त), राजेश कार्की (सशस्त्र प्रहरी गुल्म, काभ्रे), परशुराम मल्ल (आन्तरिक लेखा परीक्षक उपशाखा), भरतबहादुर शाह (प्रहरी प्रशिक्षण प्रतिष्ठान) बढुवा सूचीमा छन् ।

प्रकाशित : २०७८ मंसिर ५, आईतवार ०८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ