प्रदेश २ : नेकपा एसका दुई मन्त्री आज शपथ लिँदै


जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी हुन लागेका नेकपा एसका दुई मन्त्रीले आज शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयमा विहान ९ बजेका लागि शपथ ग्रहण समारोह रोखिएको छ ।

नेकपा एस संसदीय दलका नेता शत्रुधन महतो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र साँसद प्रमोद यादव कानुन न्याय तथा प्रदेश मामिला मन्त्रीमा नियुक्त भएका हुन् । उनी दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराउने छन् ।

नेकपा एसलाई सरकारमा ल्याउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई मुख्यमन्त्री लालबाबु राउतले केहि दिनअगाडी बर्खास्त गरेका थिए ।

प्रकाशित : २०७८ मंसिर ५, आईतवार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ