प्रदेश २ : यसर लिए मन्त्री महतो र यादवले शपथ, हेर्नुस् १० फोटो


जनकपुरधाम । प्रदेश २ सरकारमा दुई मन्त्रालय लिएर नेकपा एस आईतवार सहभागी भएको छ । नेकपा एस संसदीय दलका नेता शत्रुधन महतो र साँसद प्रमोद यादव मन्त्री बनेका हुन् ।

महतो उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र यादव कानून, न्याय तथा प्रदेश मामिला मन्त्री बनेका छन् । मधेस भवनमा आयोजित एक समारोहमा उनी दुबै जनालाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ गराए ।

मन्त्री महतो र यादवको शपथ ग्रहण समारोहमा नेकपा एसका नेता रामचन्द्र झा, धर्मनाथ साह, साँसदहरु र कार्यकर्ताहरुको सहभागीता थियो । यस्तै मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री शैलेन्द्र साह, आर्थिक मामिला तथा सञ्चार मन्त्री भरत साह लगायतको उपस्थिति पनि थियो ।

तस्विरमा हेर्नुहोस् शपथ ग्रहण समारोह :

प्रकाशित : २०७८ मंसिर ५, आईतवार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ