सिरहा रेडक्रसमा नियुक्त भएका सभापति यादवसहित सबैले खाए शपथ


जयनाथ यादव, जनकपुरधाम । नेपाल रेडक्रस सिरहामा नियुक्त भएका नयाँ सबै पदाधिकारीले आज एक समारोहबीच पद तथा गोपनियताको शपथ खाएका छन् ।

चार दिनअगाडी रेडक्रस केन्द्रीय कार्य समितिले सिरहा शाखाको सभापतिमा डा. नविन यादव, उपसभापतिमा उपेन्द्र यादव र खिम श्रेष्ठ, मन्त्रीमा श्याम कुमार श्रेष्ठ, कोषाध्यक्षमा कैलाशचन्द्र यादव, उपमन्त्रीमा मधु कुमारी कामती, उपकोषाध्यक्षमा मो. आविद सिद्दिकी र सदस्यहरुलाई नियुक्त गरेको थियो ।

नियुक्त सबै पदाधिकारीलाई रेडक्रस प्रदेश २ का महासचिव चन्देश्वर मण्डलले शपथ ग्रहण गराएको बुझिएको छ । नवनियुक्त पदाधिकारीले अब रेडक्रसले नयाँ उचाई पाउने विश्वास दिलाएका छन् ।

प्रकाशित : २०७८ मंसिर ५, आईतवार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ