तीनै तहको चुनाव एकैपटक गर्न दाहालको प्रस्ताव


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको बताएका छन् ।

चितवनमा आज विहान आयोजित कार्यक्रममा उनले खर्चिलो निर्वाचन प्रणाली देशले धान्न नसक्ने भन्दै प्रतक्ष्य निर्वाचित कार्यकारीको आवश्यकता औल्याएका हुन् । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली विषय उठाएर जनता आन्दोलनमा उत्रिए सफल हुने दाबी समेत गरे ।

अध्यक्ष दाहालले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताए । निर्वाचन आयोगसँगको सल्लाहपछि केहि दिनमा नै निर्वाचनको विषय टुंगो लाग्ने उनको भनाइ छ ।

परिवर्तनको वाहक माओवादी भएको भन्दै प्रतिगामी तत्व अगाडि बढ्दै गए माओवादी फेरि विद्रोहको झण्डा उठाउन तयार रहेको उनले बताए । प्रधानमन्त्री, राष्ट्रपति जोसुके भएपनि राजनीति माओवादी केन्द्रको वरिपरि नै रहेको उनको दावी थियो ।

प्रकाशित : २०७८ मंसिर ६, सोमबार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ