महोत्तरीको मटिहानीमा राष्ट्रपति भण्डारी, रङ्गशालाको समुद्घाटन गरियो


महोत्तरीराष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरीको मटिहानी आएकी छिन् ।  रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त (मुस्लिम धर्मगुरु) पिर बाबाको भूमि मटिहानीमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरिएको छ ।

उनले मटिहानी नगरपालिकाद्वारा मटिहानीमा नवनिर्मित रङ्गशालाको समुद्घाटन गरेकी छन् । उद्घाटन समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी छन् । अहिले मन्तव्यको कार्यक्रम जारी छ ।

राष्ट्रपति भण्डारीले नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, ५५० वर्षको इतिहास बोकेको मटिहानीस्थित लक्ष्मी नारायण मठ र जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शनलगायतका कार्यक्रमको रहेको छ ।

प्रकाशित : २०७८ मंसिर ६, सोमबार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ