जनकपुर आउँदै माधव नेपाल, तिनकोरियामा विशाल सभा हुँदै


जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज जनकपुरधाम आउन लागेका छन् । बिहान ११ बजे नेता नेपाललाई विमानस्थलमै स्वागत गर्ने कार्यक्रम रहेको छ ।

धनुषाको तिनकौरिया चोकमा आज आयोजना हुन लागेको पार्टी प्रवेश तथा जनसभामा सहभागि हुन नेता नेपाल जनकपुरधाम आउन लागेको पार्टी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले जनाए । दिउंसो १ बजे तिनकौरिया चोकमा आयोजना हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्व मन्त्री समेत रहेका रामचन्द्र झा, डा. अजय झा सहितका नेता कार्यकर्ताहरुले नेकपा एसमा प्रवेश गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य साहले बताए ।

स्रोतले दिएको जानकारी अनुसार डा. झा स्थानीय निकायको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दिने भएका छन् । यस अघि झा नेपाली कांग्रेसमा सक्रिय रहेका थिए ।

प्रकाशित : २०७८ मंसिर ७, मंगलवार ०७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ