गोठमा आगो लागेपछि ३ जना बच्चाको मृत्यू


काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा एउटा गोठमा आगलागी हुँदा तीन जना बच्चाको मृत्यु भएको छ । स्थानीय सन्त तामाङको घरसँगै रहेको एक तले गोठमा आगो लागेको थियो ।

मृत्यु हुनेमा गोठमा बसिरहेका सन्तका छोरा ६ वर्षका मनोज, स्थानीय सुकमान तामाङका छोरा पाँच वर्षका मनिष र साइला तामाङका छोरा पाँच वर्षका दिलबहादुर रहेका छन् । सोमबार बेलुका सात बजेतिर आगो लागेपछि उनीहरुको घटनास्थलमै मृत्यू भएको छ ।

सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो बेलुका साढे ८ बजेतिर नियन्त्रणमा आएको छ । तीन बच्चाको मृत्यूपछि हेलम्बु शोकमा डुबेको छ ।

प्रकाशित : २०७८ मंसिर ७, मंगलवार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ