जनकपुरसहित देशभर बढ्यो चिसो


जनकपुरधाम । प्रदेश २ को जनकपुरसहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले म‌ंगलबार बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मधेसका जिल्लाहरुमा विहान अत्यधिक कुहिरो लाग्ने गरेको छ ।

चिसो मौसमका कारण पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाड र हिमालमा हिमपातबाट जोगिन र मधेसका जिल्लामा चिसोबाट जोगिन मौसमविद्हरुले अपिल समेत गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर ७, मंगलवार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ