सिरहाका १४ स्थानीय तहमा काँग्रेसको नेतृत्व चयन, हेर्नुस् डिटेल


सिरहा । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत सिरहाका १४ स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएका छन् । सिरहाका १७ स्थानीय तहमध्ये ५ नगरपालिका र ९ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

लहान र धनगढीमाई नगरपालिकामा मतदान प्रकृया सम्पन्न भएको छ भने सुखिपुर नगरपालिमा मतदान हुने सहमति भएको जिल्ला निर्वाचन अधिकृत संजिव लामाले जानकारी दिए । अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अषिशलाल यादव, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्याणपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे र गोलबजार नगरपालिकामा राजदेव साह ‘लालबाबु’ सर्वसम्मत निर्वाचित भएका छन् ।

लहान र धनगढीमाई नगरपालिकाको मत परिनाम यो समाचार त्यार पर्दा सम्म सर्वजानिक भएको थिएन्न ।
त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुभाष यादव, नवराजपुर मदन यादव, बरियारपट्टि योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमल प्रसाद मण्डल निर्बिरोध निर्वाचित भएका छन् ।

यसैगरी पालिका कार्यसमिति पनि सर्वसम्मतिमै चयन भएको छ । बाँकी पालिकाहरुको निर्वाचित पदाधिकारीको प्रकृयापुरागरेर चाँडै नाम सार्वजनिक गरिने नेपाली काँग्रेस सिरहाले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर ९, बिहीबार ०७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ