प्रदेश २ बाहेकका जिल्लामा आजदेखि कांग्रेसको ‘जिल्ला अधिवेशन’ हुदै


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन शुरु भएको छ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने क्षेत्रीय निर्वाचनकै क्रममा जिल्ला अधिवेशन भईसकेको छ । प्रदेश २ का ८ जिल्ला बाहेक ४२ वटा जिल्लामा आजदेखि जिल्ला अधिवेशन शुरु भएको हो ।

काठमाडौंको जिल्ला अधिवेशन सोमबार हुने भएको छ । चितवनमा एमालेको महाधिवेशनका कारण आवत जावतमा कठिनाई हुने भन्दै जिल्ला अधिवेशन पर सारिएको सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आवतजावतमा समस्या हुने भएकाले आजका लागि तय गरिएको अधिवेशन केही दिनपछि गर्ने गरी सारिएको छ । कांग्रेस अधिवेशन संगोल पार्टी प्यालेस भरतपुर– ४ यज्ञपुरीमा शुक्रबार र शनिबारका लागि तोकिएको थियो ।

प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार १०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ