शंक फुकेपछि सुरु भयो एमालेको महाधिवेशन


चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनार चितवनमा सुरु भएको छ । सांस्कृतिक टोलीले शङ्ख धुन बजाएर महाधिवेशन शुरुवात भएको जनाउ दिएका छन् ।

एमालेविरुद्धका सबै प्रकारका षड्यन्त्रको अन्त्यको प्रतिक भन्दै शङ्ख बजाएर महाधिवेशन सुरु गरेको जनाएको छ । १२७ भाषाभाषीकै सांस्कृतिक पहिचान झल्किने बाजा बजाइएका छन् ।

नारायणी नदी किनार देशैभरिबाट भेला भएका नेता कार्यकर्ताले भरिएको छ । नदी किनारमा डुङ्गा बोटिङ पनि चलाइएको छ । किनारबाट बोटिङ हेर्न रमिता लागेको छ ।

प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार १३:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ