मेरा खुट्टा तान्नेहरू आज देउवाका खुट्टा समातिराख्या छन् : ओली


चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई काम गर्न अप्ठ्यारो भइरहेको बताएका छन् । विगतमा आफू प्रधानमन्त्री रहेको बेला काम गर्न नदिनेहरू आज प्रधानमन्त्री देउवासँग भएको बताए ।

एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुक्रबार ओलीले भने, ‘प्रधानमन्त्रीलाई गाह्रो छ । मेरा खुट्टा तान्नेहरू आज उहाँका खुट्टा समातिराख्या छन् ।’ प्रधानमन्त्री देउवालाई अतिथि बनाएर सरकारका कामबारे टिप्पणी गर्न नचाहेको पनि ओलीको भनाइ थियो ।

ओलीले आउँदो चुनावबाट एमालेको सरकार बन्न दाबी गरे । उनले विकासका कामलाई अगाडि बढाउनका लागि एमालेको सरकार चाहिएको बताए । मुलुकमा राजनीतिक समस्या नरहेको भन्दै ओलीले अब विकासको काममा अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ