मधेसको माग पुरा नभए पुनः २० लाख जनता उतार्ने महन्थ ठाकुरको चेतावनी


टुडेखोज, चितवन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनसहितको माग पुरा नभए पुनः २० लाख जनता उतार्ने चेतावनी दिएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले विगतमा २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै अबपनि माग पुरा नभए पुनः २० लाख जनता उतार्ने उनको भनाई थियो ।

अध्यक्ष ठाकुरले ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराए ।

प्रकाशित : २०७८ मंसिर १०, शुक्रबार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ