जनकपुरधाम : सरसफाईको माग गर्ने वडाध्यक्षविरुद्ध कर्मचारीलाई उतारे मेयर साह


जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रेपछि जनकपुरधाम अहिले फोहरमय बनेको छ । फोहरमयले गर्दा सुंगुरहरु खेल्ने र रमाउने स्थलको रुपमा परिणत भएको छ ।

जनकपुरधाम ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पंकज मण्डलले कुटपिट गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । विगत ४ दिनदेखि कर्मचारीहरु आन्दोलित बनेपछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प छ । कर्मचारीको आन्दोलनका कारण सेवाग्राही समेत समस्यामा परेका छन् ।

गत मंगलवार वडा ३, ४ र ७ का वडाध्यक्ष तथा वडासदस्यहरुले नगरको सरसफाईलाई लिएर कार्यालयमा नारावाजी गर्नुका साथै मेयर लाल किशोर साहको कार्यकक्षमा तालावन्दी समेत गरेका थिए । कर्मचारीले सरसफाई नगरेपछि वडाध्यक्ष सिंहसँग विवाद भएको थियो । तर कर्मचारीले वडाध्यक्षमाथि दुव्र्यवहारको आरोप लगाउँदै माफि माग्नुपर्ने अडान लिएका छन् ।

कर्मचारीको बदमासीले जनकपुरधामको चोक चोकमा फोहर यत्रतत्र थुप्रिएको छ । मेयर साहको बदमासी र उदासिनताले जनकपुरधाम दुर्गन्धित बनेपछि पटक पटक आन्दोलन भएको छ । वडाध्यक्षहरु सरसफाई गर्नुपर्ने माग राखेर आन्दोलन गर्दा उनीहरुविरुद्ध कर्मचारीलाई उतारेका छन् ।

प्रकाशित : २०७८ मंसिर ११, शनिबार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ