ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु- छोराको मृत्यू


रुपन्देही । रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबु-छोराको मृत्यु भएको छ । मृत्यू हुनेमा स्याङ्गजाको चापाकोट नगरपालिका ४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिप छन् ।

शनिबार सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली चोकमा मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोरा घाइते भएका थिए । उनीहरुलाई यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएपछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले बाबु-छोरा सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रकाशित : २०७८ मंसिर ११, शनिबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ