एमालेको कार्यकारी पदमा नबस्ने पण्डितको घोषणा, यस्तो छ रहस्य


टुडेखोज, काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गर्दै काठमाडौं फर्केका छन् ।

सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू एमालेको कार्यकारी पदबाट बिदा लिएको घोषणा गरे । उनले फेसबुकमा लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

नेता पण्डितले आफूलाई सचिव पदको दाबेदार भन्दै आएको थियो । आइतबार अबेर राति अध्यक्ष केपी शर्मा ओली ले ३ सय १ जना केन्द्रीय सदस्यको नाम पेश गर्नुभएकोमा पण्डितलाई पण्डितलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित : २०७८ मंसिर १३, सोमबार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ