प्रधानन्यायाधीश राणा र प्रवक्ता दाहाल कोरोना संक्रमित


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोरोना संक्रमण भएको छ । उनलाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना गरिएको छ ।

परिवारका एक सदस्यमा संक्रमण भएपछि सोमबार राणाको पनि परीक्षण गरिएको जनाइएको छ । यस्तै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल पनि कोरोना संक्रमित भएका छन् ।

प्रकाशित : २०७८ मंसिर १४, मंगलवार ०२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ